(ख) श्रम सम्बन्ध तथा आप्रवासन महाशाखा

नीति निर्माण तथा कार्यान्वयन सम्बन्धी

  • श्रम प्रशासनसँग सम्बन्धित विषयमा नीतिगत, कार्यविधिगत एवम् संरचनागत कार्य गर्ने गराउने.
  • श्रम प्रशासनको क्षेत्रमा वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन एवम् अनुगमन सम्बन्धीकार्य गर्ने गराउने,
  • श्रम तथा व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीति, कानून, कार्यविधि, निर्देशिका, योजना र मापदण्ड तर्जुमा सम्बन्धी कार्य गर्ने गराउने,
  • बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरूयोजना (२०७५-२०८५) कार्यान्वयनका लागि अन्तर निकाय समन्वय सम्बन्धीकार्य गर्ने गराउने,
  • ट्रेड युनियन सम्बन्धी नीतगत तथा कानूनी सुधार, कार्यान्वयन र नियमन सम्बन्धीकार्य गर्ने गराउने,
  • प्रतिष्ठानमा कार्यरत श्रमिकले पाउने बोनस सम्बन्धी नीतिगत तथा कानूनी पक्ष सम्बन्धी कार्य गर्ने गराउने,
  • विदेशी श्रमिकहरूका लागि श्रम इजाजत/स्वीकृति सम्बन्धी नीतिगत तथा कानूनी सुधार सम्बन्धीकार्य गर्ने गराउने,
  • महाशाखाको कार्यक्षेत्रसँग सम्बन्धित वार्षिक नीति, बजेट तथा कार्यक्रम प्रस्ताव गर्न तथा स्वीकृत कार्यक्रम कार्यान्वयन सम्बन्धीकार्य गर्ने गराउने,
  • श्रमिकका आर्थिक सामाजिक हित प्रवर्द्धन सम्बन्धी नीतगत तथा कानूनी सुधार सम्बन्धी।
  • वैदेशिक रोजगारसम्बन्धी ऐन नियमहरुको तर्जुमा, संशोधन, विधेयक तथा नियमावलीहरु तयार गरी पेश गर्ने गराउने,
  • वैदेशिक रोजगार सम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड, व्यवस्थापन र नियमन गर्ने गराउने,
  • वैदेशिक रोजगारसम्बन्धी कार्यक्रमहरु तर्जुमा, समन्वय, अनुगमन, मूल्याङ्कन र प्रतिवेदन गर्ने गराउने।

अध्ययन/अनुसन्धान विवरण संकलन सम्बन्धी

  • प्रतिष्ठान निरीक्षण का लागि एकीकृत निरीक्षण ढाँचा तयार गरी निरीक्षण गर्ने गराउने,
  • श्रम प्रशासन सम्बन्धी विषयमा मातहत निकायको अनुगमन, कार्यसम्पादन मूल्यांकन तथा सहजीकरण र समन्वय सम्बन्धीकार्य गर्ने गराउने ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका श्रम आप्रवासन सम्बन्धी प्रतिवेदनसंकलन, प्रकाशन तथा वितरणसम्बन्धी कार्यहरु गर्ने गराउने,
  • असल श्रम सम्बन्ध, बालश्रम निवारण, व्यवसाजन्य सुरक्षा तथा स्वास्थ्य, सामाजिक सुरक्षा सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान, सर्वेक्षण, तथ्याङ्क संकलन तथा विश्लेषण सम्बन्धीकार्य गर्ने गराउने,
  • नेपालले अनुमोदन गरेका र नगरेका अन्तरराष्ट्रिय श्रम संगठनका महासन्धीहरुको कार्यान्वयन प्रतिवेदन तथा कार्यान्वयनको प्रभाव अध्ययन विश्लेषण सम्बन्धीकार्य गर्ने गराउने।
  • वैदेशिक रोजगार, विप्रेषण एवं सामाजिक विप्रेषण सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन, विश्लेषण लगायत सूचना विश्लेषणका कार्यहरु गर्ने गराउने,
  • वैदेशिक रोजगारसम्बन्धी अनुगमन तथा निरीक्षण र सोको प्रतिवेदन गर्ने गराउने,
  • वैदेशिक रोजगारको सूचना एवं तथ्यांक अद्यावधिक गर्ने गराउने,
  • महाशाखासँग सम्बन्धित कार्यको प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी गर्नुपर्ने आवश्यक कार्यहरु गर्ने गराउने।

समन्वय/सहजीकरण/प्रतिनिधित्व सम्बन्धी

  • सामाजिक विवाद समाधानको लागि समन्वय तथा सहजीकरण सम्बन्धीकार्य गर्ने गराउने,
  • औद्योगिकमुक्त स्थानीय तह घोषणा सम्बन्धी मापदण्ड, कार्यविधि तर्जुमा तथा सो सम्बन्धमा आवश्यक समन्वय, सहजीकरण सम्बन्धीकार्य गर्ने गराउने,
  • श्रम सम्बन्धी सामुहिक विवाद समाधानको लागि मध्यस्थ गठन तथा अन्तरनिकाय समन्वय सम्बन्धीकार्य गर्ने गराउने,
  • श्रम, बालश्रम निवारण, व्यावसायजन्य सुरक्षा र स्वास्थ्य लगायत श्रम सम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहसंग सम्पर्क तथा समन्वय सम्बन्धीकार्य गर्ने गराउने।
  • अन्तरराष्ट्रिय श्रम संगठन लगायत श्रम प्रशासनसंग सम्बन्धीत अन्तर्राष्ट्रियसंस्थासंग सम्पर्क, समन्वय, विभिन्न संरचनाहरुमा प्रतिनिधित्व सम्बन्धीकार्य गर्ने गराउने,
  • अन्तरराष्ट्रिय श्रम सम्मेलन लगायत अन्तरराष्ट्रिय मन्चहरुमा प्रतिनिधित्व सम्बन्धीकार्य गर्ने गराउने,
  • अन्तर्राष्ट्रिय आप्रवासन संगठन (International Organization for Migration - IOM), आप्रवासन र विकास सम्बन्धी विश्वव्यापी मञ्च (Global Forum on Migration and Development- GFMD), कोलम्बो प्रोसेस, अबुधावी संवाद (Abudhabi Dialogue), वाली प्रोसेसलगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघ संगठनहरूसँग सम्बन्धित कार्यहरु गर्ने गराउने,
  • श्रम कूटनीति सम्बन्धी कार्यको समन्वय गर्ने गराउने,
  • काउन्सेलर (श्रम) तथा श्रम सहचारीहरुसंग नियमित सम्पर्क र समन्वयको कार्य गर्ने गराउने।

अन्य/विविध

  • असल श्रम औद्योगिक तथा श्रम सम्बन्धका लागि सामाजिक सम्वाद अभिवृद्धि गर्ने गराउने,
  • न्यूनतम पारिश्रमिक निर्धारण श्रम अडिट, श्रमिक आपूर्तीकर्ता लगायतका श्रम कानूनको परिपालन सम्बन्धी कार्य गर्ने गराउने,
  • न्यूनतम पारिश्रमिक निर्धारण सम्बन्धी कार्य गर्ने गराउने,
  • महाशाखासंग सम्बन्धित विषयमा सृजनात्मक (Creative) तथा नवीन (Innovative) कार्यहरुको अवधारणा तयार सम्बन्धीकार्य गर्ने गराउने,
  • आफूले सम्पादन गरेका कामको व्यवस्थित अभिलेखिकरण गरी सरुवा भई जांदा संस्थागत स्मरण (Institutional Memory) आउने पदाधिकारीलाई हस्तान्तरण सम्बन्धी कार्य गर्ने गराउने।
  • वैदेशिक रोजगार सूचना सेवा तथा श्रम आप्रवासन सम्बन्धी कार्य गर्ने गराउने,
  • वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डसम्बन्धी कार्य गर्ने गराउने,
  • वैदेशिक रोजगार सूचना प्रणाली र विद्युतीय सुशासनसम्बन्धी अन्य कार्यहरु गर्ने गराउने,
  • महाशाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने गराउने ।

महाशाखा अन्तर्गतका शाखाहरू

(१) श्रम सम्बन्ध तथा कल्याण शाखा

  • श्रम तथा श्रम सम्बन्ध सम्बन्धी नीति एवं कानून, गुरुयोजना, योजना तर्जुमा, संशोधन, कार्यान्वयन, अनुगमन तथा नियमन सम्बन्धी कार्य गर्ने,
  • श्रमशक्ति र श्रम बजार सम्बन्धी तथ्याङ्क सङ्कलन, अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने,
  • औद्योगिक विवाद समाधान र असल श्रम सम्बन्ध सम्बन्धी कार्य गर्ने,
  • विदेशी कामदारहरुका लागि श्रम इजाजत र स्वीकृति सम्बन्धी नीतिगत विषय सम्बन्धी कार्य गर्ने,
  • श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी कार्य गर्ने,
  • न्यूनतम पारिश्रमिक निर्धारण समितिको सचिवालय सम्बन्धी कार्य गर्ने,
  • श्रम अडिट सम्बन्धी नीति तथा मापदण्ड सम्बन्धी कार्य गर्ने,
  • श्रमिक आपूर्तीकर्ता संस्थाको नियमन सम्बन्धी कार्य गर्ने,
  • श्रमिक कल्याण सम्बन्धी कार्य गर्ने,
  • त्रिपक्षीय सामाजिक सम्बाद सम्बन्धी कार्य गर्ने,
  • श्रम सम्बन्धी विषयमासम्बन्धित प्रदेश तथा स्थानीय तहसंग गरिनुपर्ने समन्वय सम्बन्धी कार्य गर्ने,
  • नेपालले अनुमोदन गरेका र नगरेका अन्तराष्ट्रिय श्रम संगठनका महासन्धीहरुको कार्यान्वयनएवम् मूल्यांकनका लागि गरिनुपर्ने अन्तरमन्त्रालय समन्वय सम्बन्धी कार्य गर्ने,
  • अन्तराष्ट्रिय श्रम संगठनमा वार्षिक तथा आवधिक रुपमा प्रस्तुत गर्नुपर्ने प्रतिवेदन सम्बन्धी कार्य गर्ने,
  • श्रमसंग सम्बन्धित अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संघ-संस्थाहरूसँग समन्वय र सहजीकरण गर्ने,
  • श्रमसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) लगायत अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंग आवश्यकतानुसार सम्पर्क,सहकार्य तथा समन्वय गर्ने,
  • ट्रेड युनियन सम्बन्धी अन्तराष्ट्रिय लक्ष्य एवं प्रतिवद्धताको कार्यान्वयनको लागि सहकार्या गर्ने,
  • ट्रेड यूनियन सम्बन्धी राष्ट्रिय नीति, कानून तर्जुमामा सहयोग पुर्याउने,
  • श्रमिकको कर्तव्य, दायित्व, कार्य संकृति र व्यवहार सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालनका सम्बन्धमा आवश्यक समन्वय गर्ने,
  • श्रमिकका बाल बालिकाहरुका लागि दिवा स्याहार केन्द्र, शिक्षा तथा स्वास्थ्य सेवा आदिको प्रबन्ध गर्न व्यवस्थापकहरुलाई प्रोत्साहन गर्ने,
  • प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको वोनस सम्बन्धी राष्ट्रिय नीति, कानून तर्जुमा, समन्वय र सहजिकरण सम्बन्धी कार्य गर्ने,
  • शाखासँग सम्बन्धित विषयमा वार्षिक बजेट तथा कार्यक्रमको मस्यौदा तयार गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन एवम् अनुगमन मूल्यांकन सम्बन्धीकार्य गर्ने,
  • शाखासँग सम्बन्धित विषयमा नियमित रुपमा प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी,
  • शाखासँग सम्बन्धित विषयमामन्त्रालय मातहतका र अन्य निकायहरु बीच सम्पर्क र समन्वय सम्बन्धीकार्य गर्ने,
  • तोकिए बमोजिमका शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।

(२) व्यावसायजन्य सुरक्षा तथा बालश्रम निवारण शाखा

  • बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति, कानून, योजना तर्जुमा, कार्यान्वयन तथा नियमनसम्बन्धी कार्य गर्ने,
  • बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्यांक संकलन,अद्यावधिक तथा विश्लेषणसम्बन्धी कार्य गर्ने,
  • बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सेमिनार,तालिम, गोष्ठी आदि कार्यक्रमहरू सञ्चालन गर्ने,
  • बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम, निरीक्षण तथा अनुगमन गर्ने,
  • बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक प्रवर्द्धनात्मक कार्य गर्ने,
  • बालश्रम निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम संगठन(ILO),आईपेक, जी.टी.जेड.तथा अन्य दातृराष्ट्र तथा संघ संस्थाहरुसंग समन्वय गर्ने,
  • प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीहरुको व्यावसायजन्य सुरक्षासम्बन्धी कार्य गर्ने,
  • बालश्रम निवारण समिति र बालबालिका विकास तथा पुर्नस्थापना कोष संचालक समितिसम्बन्धी कार्य गर्ने ।
  • शाखासँग सम्बन्धित विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासंग आवश्यक सम्पर्क, समन्वय र सहकार्य गर्ने,
  • ILO Alliance 8.7 को सचिवालयको रुपमा कार्य गर्ने,
  • शाखासँग सम्बन्धित विषयको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।

(३) आप्रवासन नीति शाखा

  • वैदेशिक रोजगार सम्बन्धी राष्ट्रिय नीति एवं कानून, मापदण्डको कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने,
  • श्रम कूटनीति प्रवर्द्धनका लागि आवश्यक तयारी तथा समन्वय गर्ने,
  • अन्तर्राष्ट्रिय आप्रवासन संगठन (International Organization for Migration - IOM), आप्रवासन र विकास सम्बन्धी विश्वव्यापी मञ्च (Global Forum on Migration and Development- GFMD), कोलम्बो प्रोसेस, अबुधावी संवाद (Abudhabi Dialogue), वाली प्रोसेस, लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघ संगठनहरूसँग सम्बन्धित कार्यहरु गर्ने गराउने,
  • वैदेशिक रोजगार सम्बन्धमा नयाँ रोजगार दातामुलुकहरुसंग हुने वार्ता एवं सम्झौता सम्बन्धी कार्य गर्ने,
  • रोजगार दातामुलुकहरुसंग भएका सन्धी सम्झौताहरु कार्यान्वयनका लागि आवश्यक नीतिगत कार्यहरु गर्ने,
  • विद्यमान सन्धीसम्झौता तथा कानूनहरुको समय सापेक्ष पुनरावलोकन तथा परिमार्जनको कार्यगर्ने,
  • वैदेशिक रोजगारका लागि नयाँ मुलुक खुला गर्न आवश्यक अध्ययन तथा समन्वय गर्ने,
  • विदेशमा रहेका नेपालीहरुका सेवामूलक संस्थाहरु संग सम्पर्क कायम गरी आवश्यकता अनुसार रायसुझाव प्राप्तगर्ने, प्रतिवेदन लिने एवं उपयुक्त कारवाहीको लागि पेश गर्ने,
  • परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली कूटनैतिक नियोगहरु तथा आप्रवासन सम्बन्धी कार्यक्रमहरुको सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,
  • सम्बन्धित क्षेत्रका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहजीकरण सम्बन्धी कार्य गर्ने,
  • शाखासँग सम्बन्धित सन्धीसम्झौता लगायत अभिलेख व्यवस्थापन गर्ने।

(४) वैदेशिक रोजगार व्यवस्थापन शाखा

  • वैदेशिक रोजगारसँग सम्बन्धित संघ संस्थाहरुको नियमन तथा अनुगमन गर्न वैदेशिक रोजगार विभागसंग समन्वय गर्ने,
  • वैदेशिक रोजगार सम्बन्धी सूचना एवं तथ्यांक संकलन, अध्ययन, विश्लेषण तथा अद्यावधिक गर्ने,
  • वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आवश्यक कार्य गर्ने,
  • वैदेशिक रोजगार सम्बन्धी कार्यक्रमहरु तयार गर्ने, समन्वय गर्ने र प्रतिवेदन गर्ने,
  • श्रम स्वीकृति लिई वैदेशिक रोजगार मागएका नेपाली नागरिकहरुको हक, हित, उद्दार सम्बन्धी कार्यहरुमा नीतिगत समन्वय गर्ने,
  • वैदेशिक रोजगार बोर्ड सम्बन्धी कार्य गर्ने,
  • वैदेशिक रोजगारबाट विभिन्न क्षेत्रमा पर्ने प्रभावको अध्ययन अनुसन्धान गरी नीतिगत सुझाव दिने,
  • वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको स्वास्थ्य तथा सुरक्षाको विषयमा अध्ययन अनुसन्धान गरी नीतिगत सुधारको राय पेश गर्ने,
  • वैदेशिक रोजगारीको समग्रचक्रहरु (पूर्व प्रस्थान देखि स्वदेश फिर्ता) को प्रभावकारी व्यवस्थापन गर्न आवश्यक अन्य कार्यहरु गर्ने,
  • काउन्सेलर(श्रम) तथा श्रम सहचारीहरुसँग नियमित सम्पर्क, समन्वय र प्रतिवेदन गर्ने,
  • वैदेशिक रोजगार सम्बन्धी कार्यक्रमहरु तयार गर्ने, समन्वय गर्नेर प्रतिवेदन गर्ने,
  • वैदेशिक रोजगार सूचना प्रणाली र विद्युतीय सुशासन सम्बन्धी अन्य कार्यहरु गर्ने,
  • प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी गर्नुपर्ने आवश्यक कार्यहरु गर्ने,
  • वैदेशिक रोजगार विभाग सम्बन्धी कार्य गर्ने,
  • शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापन गर्ने ।